चौतर्फी आलोचना भएपछि ताते देउवा, आजपनि बोलाए बैठक - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

चौतर्फी आलोचना भएपछि ताते देउवा, आजपनि बोलाए बैठक



काठमाडौं– सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ। सर्वत्र आलोचना भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको काम टुंगोमा पुर्याउन बैठक बोलाएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो।

माओवादी केन्द्रका नेता गणेश साहका अनुसार मंगलबार बिहान ९ बजे शीर्ष नेताको बैठक बस्दैछ। मन्त्रालय बाँडफाँटको टुंगो पनि आजै लाग्ने उनले बताए।

’माधव नेपाल र जसपाको कानुनी र प्राविधिक प्रक्रिया सकिएको छ। आज बाँडफाँडसहित आन्तरिक रुपमा मन्त्री टुंगिएर मन्त्रिपरिषद विस्तार हुन्छ,’ उनले भने।

सोमबार माओवादी केन्द्रको बैठक बसेको थियो। बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारीबारे जानकारी गराएका थिए।