कार्यकाल सकिनै लाग्दा देउवाले तोके १३ विभागका प्रमुख (सूचीसहित) - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कार्यकाल सकिनै लाग्दा देउवाले तोके १३ विभागका प्रमुख (सूचीसहित)



काठमाडौं- कार्यकाल सकिनै लाग्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक विभागका प्रमुखहरू मनोनित गरेका छन्।

देउवाले कांग्रेसको विधानको धारा ३७ (१) (ग) अनुसार केन्द्रीय सदस्यहरूलाई विभागीय प्रमुखको जिम्मेवारी तोकेका हुन्।

सभापति देउवाले संगठन विभागको जिम्मेवारी गोपालमान श्रेष्ठलाई दिएका छन्। त्यस्तै संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखमा रमेश रिजाल, मुस्लिम विभागको प्रमुखमा फरमूल्लाह मन्सुर, स्थानीय तह समन्वय विभागको प्रमुखमा अर्जुनप्रसाद जोशीलाई नियुक्त गरेका छन्।

त्यस्तै, वित्तिय तथा सहकारी संस्था समन्वय विभाग प्रमुखमा आनन्दप्रसाद ढुंगाना, तराई-मधेश समन्वयमा अजयकुमार चौरसिया, यातायात व्यवसायी समन्वयमा महेन्द्र यादव, तरुणमा शंकर भण्डारी, आदिवासी जनजाति सीता गुरुङ, नेपाली जनसम्पर्क समिति समन्वय गोविन्द भट्टराई, उद्योग व्यापार चीनकाजी श्रेष्ठ, सूचना सञ्चार तथा प्रचार विश्वप्रकाश शर्मा र श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुखमा शिवप्रसाद हुमागाँईलाई नियुक्त गरेका छन्।

त्यस्तै सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा कृष्ण किशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ)लाई मनोनयन गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।