देउवाले दिए थप सात विभागको जिम्‍मेवारी - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

देउवाले दिए थप सात विभागको जिम्‍मेवारी



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले थप सात विभागको जिम्‍मेवारी दिएका छन्।

कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई देहाय बमोजिमका केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेका हुन।

कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखमा एनपी साउदलाई जिम्‍मेवारी तोकेको छ भने वन, वातावरण तथा विपत व्यवस्थापन विभाग प्रमुखको जिम्‍मेवारी अम्बिका बस्नेतलाई दिइएको छ।

यस्तै महिला विभाग प्रमुखमा ईश्वरी न्यौपाने, राज्य प्रशासन विभाग प्रमुखमा केशवकुमार बुढाथोकी, खेलकूद विभाग प्रमुखमा मोहनबहादुर बस्नेत, निर्माण व्यवसायी समन्वय विभाग प्रमुखमा बीरबहादुर बलायर र शिक्षा विभाग प्रमुखमा हरिप्रसाद नेपाललाई जिम्‍मेवारी तोकिएको छ।