देउवा भोलि बालुवाटारबाट निजी निवासमा सर्ने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

देउवा भोलि बालुवाटारबाट निजी निवासमा सर्ने



काठमाडौं ।। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटारबाट निजी निवासमा सर्ने भएका छन्। बालुवाटार स्रोतका अनुसार भोलि बिहान देउवा निजी निवास बुढानिलकण्ठ सर्नेछन्।

गत जेठ २३ गते प्रधानमन्त्री निर्वाचित भएका देउवा झन्डै दुई हप्तापछि बालुवाटार सरेका थिए। बालुवाटारमा रङ रोगन र सरफाईपछि उनी असार ५ गते चौथो पटक बालुवाटार सरेका थिए।

उनले आज राष्ट्रका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। आजै राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन्। ओलीले दिउँसो ४ बजे शितल निवासमा प्रधानमन्त्रीको सपथ लिँदैछन्।