देउवाको प्रश्न: बास्कोटाले हामी बनेका छन्, त्यहाँ को को छन् ? - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

देउवाको प्रश्न: बास्कोटाले हामी बनेका छन्, त्यहाँ को को छन् ?



काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले पूर्वसञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियोको छानविनबारे चासो व्यक्त गरेका छन्।

आइतबार उनले प्रतिनिधि सभा बैठकमा छानविन अगाडि नबढ्नुको नियत के हो भनेर प्रश्न गरेका हुन्।

उनले बाँस्कोटको अडियोमा हामीलाई कति आउँछ भन्ने प्रष्ट सुनिएको भन्दै देउवाले हामी भनेको को हो भनेर प्रश्न पनि गरे।

सेक्युरिटी प्रिण्टिङ प्रेस खरिदमा कमिसन मोलमोलाइ गरेको दाबी गरिएको अडियो बाहिर आइसकेपछि छानविन नै नगरी प्रधानमन्त्रीले उक्त अडिओ नक्कली भनेर टिप्पणी गरेको देउवाको भनाइ छ।

उनले छानविनको विश्वसनियतामा समेत प्रश्न गरे।

बाँस्कोटा र स्वीस कम्पनीको एजेन्टबीच सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा कमिसनका लागि बार्गेनिङ गरेको अडियो गत साता सार्वजनकि भएको थियो। लगत्तै बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए।