गठबन्धन बैठक अगाडी एमालेबारे छलफल गर्न देउवाले डाके पदाधिकारी बैठक - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

गठबन्धन बैठक अगाडी एमालेबारे छलफल गर्न देउवाले डाके पदाधिकारी बैठक



काठमाडौं– शनिबार बसेको सत्ता गठबन्धनको बैठक तिक्ततापूर्ण बनेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका पधाधिकारीहरूलाई डाकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको प्रधानमन्त्रीमा अडान नछाडेपछि एमालेसँग संवादमा रहेको कांग्रेसले पदाधिकारीहरूलाई डाकेको हो । सरकार गठनका लागि सत्तारुढ गठबन्धले आज अन्तिम छलफल गर्दैछ ।

प्रधानमन्त्री बारे सहमति जुटाउनका लागि आज पुन: गठबन्धनको बैठक बोलाइएको छ भने कांग्रेसले दबाब बढाउन एमालेसँग पनि छलफल अगाडी बढाएको छ । शनिबारको बैठकलगत्तै देउवाले कांग्रेस नेता विमलेन्द्र निधिलाई एमाले अध्यक्ष केपी ओलीसँग वार्ता गर्न पठाएका थिए ।

गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि बोलाइएको हो। शनिबार अबेरसम्म छलफल गरे पनि प्रधानमन्त्रीबारे सहमति जुट्न सकेन।

तर त्यसअघि भने प्रधानमन्त्री शेरबहादुर देउवाले कां‍ग्रेसका शीर्ष नेतालाई बालुवाटारमा बोलाएका छन्। माओवादी केन्द्रसँग प्रधानमन्त्रीका लागि सहमति नजुटेपछि अन्तिम बैठक बस्नुअघि छलफलका लागि प्रधानमन्त्री देउवाले पार्टीका शीर्ष नेताहरुलाई बोलाएका हुन्।

पदाधिकारी बैठकमा एमालेसँग भएको छलफलबारे जानकारी गराइने स्रोतले बतायो ।