देउवाकै जिल्लाबाट भत्कियो गठबन्धन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

देउवाकै जिल्लाबाट भत्कियो गठबन्धन



गठबन्धन दलका प्रमुख नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाटै गठबन्धन भत्किएको छ । डडेलधुरामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ।

कांग्रेस सभापति देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेसको शुक्रबार बसेको बैठकले डडेल्धुरामा गठबन्धन नगर्ने निर्णय गरेको कार्यबाहक सभापति डिल्लीराज जोशीले जानकारी दिए।

‘स्थानीय तहको चुनावमा पनि गठबन्धन गरेनौँ, अहिले पनि जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेका छौँ,’ उनले भने। यस्तै, जिल्ला कार्यसमितिले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रतिनिधितर्फ प्रत्यक्षमा प्रधानमन्त्री देउवाको नाम सर्वसम्मत सिफारिस गरेको छ।

प्रधानमन्त्री देउवाकी पत्नी डा. आरजु राणा देउवाको नाम प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि सर्वसम्मत सिफारिसमा परेको छ।

प्रदेश सभा सभामा पनि कांग्रेसले एकल नाम सिफारिस गरेको छ। प्रदेश सभा (१) मा कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद र (२) मा गोबिन्दबहादुर बोहराको एकल नाम सिफारिस भएको छ।