देउवा भन्छन: प्रजातन्त्रका योद्धाहरूलाई उचित सम्मान गर्न सकिएन - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

देउवा भन्छन: प्रजातन्त्रका योद्धाहरूलाई उचित सम्मान गर्न सकिएन



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रप्राप्तीका लागि योगदान गरेका योद्धाहरुको उचित सम्मान गर्न नसकिएको स्वीकार गरेका छन् ।

नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री स्वर्गीय मार्शल जुलुम शाक्यको ८० औं जन्मजयन्ती एवं प्रतिमा अनावरण कार्यक्रममा सभापति देउवाले प्रजातन्त्र ल्याउन योगदान गरेका अमूल्य निधिहरु कै उचित कदर हुननसक्नु दुःखद भएको टिप्पणी गरे ।

उनले जनताको अधिकार र प्रजातन्त्र प्राप्तीको लागि गरेको अतुलनीय योगदान व्यक्तिहरुको योगदानको बारे युवापुस्तालाई अवगत गराउने गरी आफुले छिट्टै विशेष योजना ल्याउने जानकारी दिए । सभापति देउवाले पूर्वमन्त्री शाक्यको प्रजातन्त्र प्राप्तीको लागि गरेको योगदान विशिष्ट रहेको बताए ।