तनावमा देउवा- केन्द्रदेखि प्रदेशसम्म कुनै सरकार नबन्ने, पार्टीमा दवाव बढ्ने
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा तनावमा परेका छन् । बिहानैदेखि चहलपहल भएको बालुवाटार सुनसान बनेको छ ।
सत्ता गठबन्धन भत्किएपछि उनीमाथि थप दवाव र तनाव थपिने पक्का छ । यसकै लागि आन्तरिक छलफल गर्न देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलालाई बालुवाटार बोलाएका छन् ।
खड्का र सिटौला अहिले बालुवाटार पुगेका हुन् । माओवादी केन्द्र सत्ता गठबन्धन त्यागेर एमालेसँग मिल्न गएको छ ।
कांग्रेसले केन्द्रदेखि प्रदेशसम्मका सरकारबाट हात धुनुपर्ने अवस्था आएका बेला देउवाले आफू निकट पार्टी नेताहरूसँग छलफल गरेका हुन् ।