देउवा, प्रचण्ड र नेपाल एकसाथ किन जाँदैछन् बारा जिल्ला ? - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

देउवा, प्रचण्ड र नेपाल एकसाथ किन जाँदैछन् बारा जिल्ला ?



काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्तारुढ दलका शीर्ष नेताहरुसँगै आज बारा जाँदैछन्।

देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज बाराको निजगढ जान लागेका हुन्।

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि स्थलगत अवलोकन गर्न शीर्ष नेता त्यहाँ जान लागेका हुन्।

यसअघि सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणका सम्पूर्ण प्रक्रिया खारेज गर्न आदेश दिएको थियो। बिहीबार सर्वोच्चले आदेशको पूर्णपाठ पनि दिइसकेको छ।

आदेशको पूर्णपाठमा वातावरणीय क्षति न्यून हुने गरी उपयुक्त स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारलाई सुझाव दिइएको छ।