देउवा-प्रचण्डलाई यीनको आँशुले भतभत्ति पोल्नेछ ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

देउवा-प्रचण्डलाई यीनको आँशुले भतभत्ति पोल्नेछ !



आठ प्रहरी सुरक्षाकर्मी सहित एक दूधे बालकको हत्या भएको टीकापुर हत्याकाण्डका पीीडत परिवारले अझै न्याय पाउन सकेका छैनन् । सो काण्डमा परी सिँउदो पुछिएका र टुहुरा भएका प्रहरीका परिवारले न्याय नपाइरँहा सरकारले भने हत्याकाण्डका मुख्य योजनाकारलाई करोडौ रकम क्षतिपूर्ती दिएको छ ।

कैलालीको टीकापुरमा मारिएका एसपी लक्ष्मण न्यौपानेको जहानले अझैं न्याय नपाएर झटपटिरहँदा सरकारले भने सो घटनाको योजनाकारलार्य करोडौ रकमले पुरस्कृत गरेको छ। आठ सुरक्षाकर्मी र एक दूधे बालकको हत्या योजनाका मुख्य योजनाकारलार्य सरकारले करोडौ रुपैयाले पुरस्कृत गरेको छ । उक्त नरसंहारको मुख्य योजनाकारमध्यका एक रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको भेटिएको हो । टीकापुरको उक्त काण्डमा परी प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, केशव बोहरा र बलराम विष्ट गरी दुईजना प्रहरी निरीक्षकसहित ८ सुरक्षाकर्मी र एक दूधे बालकको हत्या भएको थियो । सो घटना घटेको भोलिपल्ट उत्तेजित भीडले रेशम चौधरीको फूलबारी एफएम, फूलबारी कटेज र एउटा मोटरसाइकलमा आगजनी गरेको थियो। टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार, रेशम चौधरीका बुबा लालवीर चौधरीले शुक्रबार क्षतिपूर्तिबापतको १ करोड ७४ लाख रुपैयाँको चेक बुझेको हुन ।यस्तै, नीरु ट्रेडर्सका सञ्चालक जीवनारायण चौधरीले १ करोड ५० लाख र प्रदीप चौधरीले आफ्नो हार्डवेयर पसलमा भएको क्षतिपूर्तिबापत १ करोड ३९ लाख रकम पाएका छन्। यसअघि प्रचण्ड सरकारको बहिर्गमनको अन्तिम समयमा मन्त्रिपरिषद्ले टीकापुरका आगजनीपीडितलाई झन्डै ११ करोड क्षतिपूर्ति दिने निर्णय गरेको थियो।

यस काठमाडौंबाट