देउवालाई पौडेलको झटारो :चार पटक प्रधानमन्त्री हुनुभयो भन्दैमा पुज्न सकिँदैन - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

देउवालाई पौडेलको झटारो :चार पटक प्रधानमन्त्री हुनुभयो भन्दैमा पुज्न सकिँदैन



नयाँ पत्रिका : काठमाडौँ । काँग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको पूजा गर्न नसकिने बताएका छन् । यसअघिको केन्द्रीय समिति बैठकमा बाँडेको पर्चाका कारण आफूमाथि आरोप लागेपछि पौडेलले त्यसको बचाउ गर्दै नेतृत्वको आलोचना गरेका हुन् ।

‘महादेव भोगी भएनन् त्यागी भए र पूजा हुन्छ,’ शुक्रवार बैठकमा डेढ घण्टा बोलेका पौडेलले भने, ‘तपाईँ (शेरबहादुरजी) चारपटक प्रधानमन्त्री हुनुभयो । तर, त्यागमा लाग्नुभएन भोगी हुनुभयो । त्यसैले चारपटक प्रधानमन्त्री हुनुभयो भनेर तपाईँको पूजा गर्न सकिँदैन ।’ त्यागभन्दा भोगको राजनीतिमा लागेकाले आफूले गनिजि बुकमा नाम लेखाउन भनेको दलिल पेस गर्दै उनले आफूले पहिले लगाएको आरोपको बचाउ गरे ।

जिम्मेवार नेताले मर्यादा भुल्दै अराजनीतिक गाली गरेर पार्टीलाई नै बदनाम गरेको भन्दै नेता विमलेन्द्र निधि, डा. प्रकाशशरण महतसहितका नेताले दुई दिनअघिको बैठकमा पौडेलको प्रस्तावको आलोचना गरेका थिए । तर, शुक्रवार जवाफ दिने क्रममा पौडेलले चारपटक प्रधानमन्त्री भए पनि देउवाको पूजा हुँदैन, तर एक पटक पनि प्रधानमन्त्री नभएका गणेशमान सिंहलाई सबैले पुज्ने गरेको बताएका थिए ।