राष्ट्रपति र सभामुख निर्वाचनका लागि देउवा र नेपालले गरे छलफल - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

राष्ट्रपति र सभामुख निर्वाचनका लागि देउवा र नेपालले गरे छलफल



काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

देउवालाई भेट्न नेता नेपाल धुम्बाराही पुगेका हुन्। उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ।

देउवा नेतृत्वको गठबन्धन टुटेपछि नेपाल उनलाई भेट्न धुम्बाराही पुगेका थिए। दुई नेताबीच प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएपछि शक्ति बाँडफाँटका विषयमा पनि छलफल भएको छ।

अब हुने राष्ट्रपति निर्वाचन र सभामुख निर्वाचनका विषयमा पनि दुई नेताबीच छलफल भएको छ।