माधव नेपाललाई राष्ट्रपति बनाउन देउवाको प्रस्ताव - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

माधव नेपाललाई राष्ट्रपति बनाउन देउवाको प्रस्ताव



प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाज्वादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव गरेका छन् । देउवाले गरेको उक्त प्रस्तावमा भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहमति जनाएका छैनन् ।

आफू प्रधानमन्त्री बन्न जे पनि गर्न तम्तयार भएका देउवाले गरेको यस्तो प्रस्तावमा कांग्रेसकै नेताहरू विपक्षमा उभिएका छन् । सत्ता गठबन्धनको बैठकमा देउवाले भागवण्डाका दुई विकल्प पेस गरेका थिए । नेकपा यसका लागि आकर्षक मानिएका देउवाका दुई प्रस्तावमा माओवादी केन्द्रले असहमति जनाएसँगै थप रणनीति बनाउने तयारीमा नेताहरू लागेका छन् ।

देउवाले गरेको उक्त प्रस्तावमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि विरोध जनाएका छन् । बालुवाटारमा भएको गठबन्धन बैठकमा देउवाले नेकपा एसका अध्यक्ष नेपाललाई राष्ट्रपति बनाएर सभामुख माओवादी केन्द्रलाई दिने र आफू प्रधानमन्त्री बन्ने प्रस्ताव गरेको बताइएको छ।

अध्यक्ष नेपालले भने उक्त प्रस्ताव स्वीकार गर्ने बताएका थिए । तर कांग्रेस नेताहरू नै यसमा बाधक बनेका छन् । आफै राष्ट्रपति बन्ने लाइनमा रहेका वरिष्ठ नेता रामचन्द्र भने देउवासँग चिडिएका छन् । खासगरी माओवादी र नेकपा एस एकीकरण हुने भन्दै देउवाले विकल्पमा सहमति जनाउन आग्रह गरेका थिए ।

यो प्रस्तावमा नेताहरूले सहमति नजनाएपछि देउवाले अर्को प्रस्ताव बताएका थिए । जुन प्रस्तावमा तीन नेता पालोपालो प्रधानमन्त्री बन्ने तर राष्ट्रपति कांग्रेसले पाउने बताएका थिए । यसमा पनि प्रचण्डले पहिलो चरणमा आफू प्रधानमन्त्री बन्नुपर्ने बताएका थिए ।

देउबाले पहिलो दुई वर्ष कांग्रेस र त्यसपछिका दुई वर्ष माओवादी र एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने प्रस्ताव गरेका थिए । तर यो प्रस्ताव माओवादीले अस्विकार गरेको छ ।