देउवाले भाषण गर्दा 'देउवा मुर्दावाद’ भन्दै नाराबाजी - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

देउवाले भाषण गर्दा ‘देउवा मुर्दावाद’ भन्दै नाराबाजी



काठमाडौं- भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा ३ जना युवाले नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै नाराबाजी गरेका छन्।

उनीहरूले नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारा लगाएका थिए। सुरूमा एक जनाले नारा लगाएका थिए भने अन्य २ जनाले उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिँदा ‘एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

ती युवाहरूलाई केही सुरक्षाकर्मीले बाहिर निकालेका छन्। कार्यक्रम जारी छ।