देउवाले देखाउलान त नैतिकता ? - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

देउवाले देखाउलान त नैतिकता ?



काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति शेरबहादुर देउवाले सभापति र संसदीय दलको नेताबाट तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। गएराति ट्वीट गरी घिमिरेले नैतिकताको आधारमा देउवाले दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।

‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो?’, उनले प्रश्न गरेका छन्, ‘आज किन जोगाउन सकिएन?’

अहिलेको परिस्थिति आउनुमा सत्तालिप्सा र भजनमण्डली जिम्मेवार रहेको भन्दै उनले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाउनु पर्ने बताएका छन्।

ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ।हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन?यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ।