देउवाले डाके मन्त्रिपरिषद बैठक, आज विशेष निर्णय हुने - Himal Post Himal Post
  • २७ मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 12 2025
Logo

देउवाले डाके मन्त्रिपरिषद बैठक, आज विशेष निर्णय हुने



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बैठक बोलाएका छन्।

दिउँसो १ बजे बस्ने गरी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा देवाले बैठक बोलाएका हुन्। आजको मन्त्रिपरिषद् बैठक विशेष हुने बताइएको छ ।

आज बस्ने मन्त्रिपरिषद बैठकबाट आगामी प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनको मिति तोक्ने देउवाको तयारी छ। एक मन्त्रीका अनुसार आजको बैठकबाट देउवाले मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेका हुन् ।

बुधबार बसेको सत्ता गथाबन्धन्को बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेससभा निर्वाचन गर्न सहमति जनाएको छ ।

सत्ता घटक दलहरूले मंसिर ४ गते निर्वाचन गराउन सहमति जनाए अनुसार आज मन्त्रिपरिषद्को बैठक डाकेर सो बारे निर्णय गर्ने तयारी भएको बताइएको छ ।

बुधबार बसेको गथाबन्धन्को बैठकमा प्रधानमन्त्री देउवा आफैले चुनावको मितिबारे प्रस्ताव गरेर आफैले सहमति जुटाएका थिए । यसअघि निर्वाचन आयोगले यसअघि मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो।

केहिदिन अगाडी मात्रै प्रमुख आयुक्त दिनेश थपलियाले आफूहरूले दिएको सुझावअनुसारकै सेरोफेरोमा चुनावको मिति घोषणा हुने बताएका थिए।

चुनावको मिति घोषणा भइसकेपछि संसद कायमै रहने वा भंग हुनेबारे द्विविधा देखिएको छ। यसबारे अन्योल भैरहेकै बेला सरकारले यस्तो तयारी गरेको हो ।

कतिपय संविधानविदहरूले चुनाव घोषणा भएसँगै संसद स्वतः भंग भएर सरकार कामचलाउ हुने तर्क दिइरहेका छन्। भने कतिपयले अहिलेको संवैधानिक व्यवस्थाअनुसार चुनाव घोषणा हुँदैमा संसद भंग नहुने र सरकार पनि कामचलाउ नहुने दाबी गरेका छन्।