‘बूढाखाडा’को मात्रै बन्यो देउवा समूह - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

‘बूढाखाडा’को मात्रै बन्यो देउवा समूह



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीयस्तरका युवा नेता एक ठाउँमा उभिएका छन् । सभापति शेरबहादुर देउवाको पक्षमा रामचन्द्र पौडेलसहितका ‘बूढा’ नेताहरू खुलेका छन् ।

पार्टीको १४औँ महाधिवेशनमा उपविजेता बनेका डा. शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा उमेदवार बनाएपछि युवा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मासहित देउवाको प्यालनबाट महामन्त्री लडेको प्रदीप पौडेल पनि थापाको समर्थक बसेका छन् ।

संसदीय दलको नेतामा उमेदवारी दिँदा सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल बसेका छन् । उपसभापति पूर्णबहादुर खड्का र नेता प्रकाशमान सिंह समर्थक बनेका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माले तरूणहरूको भावना बोकेर शेखर कोइरालाले थापालाई उमेदवार बनाएको भन्दै त्यसले युवा जनमतको सम्मान गरेको बताएका छन् ।