प्रधानमन्त्री देउवा भोली रुपन्देहीको सालझण्डीमा आउँने - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

प्रधानमन्त्री देउवा भोली रुपन्देहीको सालझण्डीमा आउँने



बुटवल,११/ मंसिर

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोली मंगलवार रुपन्देही आउनु हुने भएको छ । रुपन्देही क्षेत्र नम्बर ५ को सालझण्डीमा हुने निर्वाचन स्तरिय आम सभालाई सम्बोधन गर्न प्रधान मन्त्री देउवा आउनु हुने भएको हो ।

मंगलवार विहान १० वजे हुने कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रिय निर्वाचन परिचालन कमिटिका संयोजक बालकृष्ण खाँड लगाएतका केन्द्रिय नेताहरु आउने कार्यक्रम रहेको नेपाली काँग्रेसको मिडिया सेन्टर प्रदेश नम्बर ५ बुटवलले जनाएको छ । त्यस पछि मंगलवार नै सभापति देउवा, बरिष्ठ नेता पौडेल कपिलवस्तको सदरमुकाम तौलिहवा तथा दाङको घोराही र तुल्सीपुरमा हुने सभामा सहभागि हुने कार्यक्रम रहेको छ ।