अर्को अध्यादेश ल्याउने तयारीमा प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को अध्यादेश ल्याउने तयारी गरेका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नै निरन्तरता दिने तयारी सहित अर्को अध्यादेशको तयारी भएको स्रोतले बतायो।
आईजीपी धिरजप्रताप आगामी चैतमा अवकास हुने बहेकाले ३० वर्षे सेवा हद हटाएर उनलाई निरन्तरता दिन अध्यादेश ल्याउने तयारी गरिएको हो। स्रोतका अनुसार अध्यादेश ल्याएर ३० वर्षे हटाउने विषयमा सहमती भइसकेको जनाइएको छ ।
यससम्बन्धी फाइल अर्थमन्त्रालयमा पुगेको छ।
गएको वैशाखमा मात्रै आईजीपी भएका धिरजप्रताप ३० वर्षे हटे ४ वर्षे कार्यकाल आईजीपी हुनेछन्। ३० वर्षे हटे कार्य अवधि र उमेर हदका कारण मात्रै अवकास हुनेछन्। आईजीपी ५८ वर्ष पुगेपछि वा ४ वर्षे कार्यकाल सकिएपछि मात्रै अवकास हुनेछन्।
३० वर्षे कायम हुँदा उच्च प्रहरी अधिकारीहरु छिट्टै घर फर्किनु परेको थियो। यसले राज्यलाई आर्थिक भार थपिएको भन्दै हटाउन सरकार तयार भएको बुझिएको छ । यसअघिका प्रहरी महानिरीक्षकले पनि ३० वर्षे हटाउन प्रयास गरेका थिए। सरकारले कार्यदल बनाएर समेत यस विषयमा अध्ययन गरेको थियो। कार्यदलले पनि ३० वर्षे हटाउन उचित हुने राय दिएको थियो। अध्यादेशमार्फत प्रहरी नियमावली संशोधन गर्न लागिएको हो।
अर्थ मन्त्रालयबाट पास भएर आएपछि फाइल कानुन मन्त्रालयमा पठाइन्छ। कानुन मन्त्रालयको रायपछि परामर्शका लागि लोग सेवा आयोगमा पठाइनेछ। आयोगबाट पनि सहमती आएपछि मन्त्रिपरिषद्ले पारित गर्न सक्छ।