देशका प्रमुख सहरहरू अन्धकारमुक्त -अध्यारोबाट उज्यालोतिर - Himal Post Himal Post
  • १७ मंसिर २०८०, आईतवार
  •      Sun Dec 3 2023
Logo

देशका प्रमुख सहरहरू अन्धकारमुक्त -अध्यारोबाट उज्यालोतिर



काठमाडौं – ठूला जलाशययुक्त आयोजना निर्माण नभएसम्म नेपालमा लोडसेडिङ अन्त्य नहुने विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयका पदाधिकारीका अभिव्यक्तिलाई झूट साबित गर्दै तिहारदेखि उपत्यकालगायत देशका प्रमुख सहरहरू अन्धकारमुक्त भएका छन्। एकाएक आएको यो उज्यालोलाई स्वयं प्राधिकरणका प्राविधिकहरूले समेत विश्वास गरेका थिएनन्।

बिजुलीको खपत बढी हुने तर उत्पादन घट्दै जाने मध्य पुससम्म आइपुग्दा काठमाडौं उपत्यकालाई लोडसेडिङले चिहाएको छैन। उपत्यकाबाहेक देशका अन्य भूभागमा आंशिक र नगण्य रूपमा बिजुली कटौती भइरहेको छ। काठमाडौंलाई लोडसेडिङमुक्त बनाउन सकिएकोमा स्वयं विद्युत् प्राधिकरणका इन्जिनियरसमेत आश्चर्यमा छन्।

तिहारको लक्ष्मीपूजाको रातलाई अन्धकारमुक्त पार्ने प्राधिकरणको प्रयासलाई धेरैले कुलेखानीको पानी रित्याएको र उद्योगहरूको लोड नभएको मौकाको सदुपयोग गरेको अनुमान गरे।

तिहारको तीन दिन त्यसै पनि उद्योग नचल्ने र तिनले खपत गर्ने करिब तीन सय मेगावाट बिजुलीको बचत नै उपत्यकामा वितरण गरिएको लख काटिए। तर तिहार बिदा सकेर नियमित रूपमा उद्योगधन्दा चल्दा पनि उपत्यकामा बिजुली नगएपछि सबैजना आश्चर्य परे।

दसैंअघि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले उद्योगलाई अत्यधिक बिजुली खपत हुने समय (पिक आवर) को तीन घन्टा कटौती गरे। उद्योगहरूलाई साँझ तीन घन्टाको बदलामा २१ घन्टा नियमित बिजुली दिए। अन्नपूर्ण पोष्ट