देशभर मेला, महोत्सव र भेला प्रतिबन्ध लगाउन गृहको निर्देशन - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

देशभर मेला, महोत्सव र भेला प्रतिबन्ध लगाउन गृहको निर्देशन



काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक स्थलमा हुने सबै प्रकारका भेलाहरूमा प्रतिबन्ध लगाउन सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।

गृह मन्त्रालयमा बसेको बैठकले ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, अध्यागमन विभाग लगायतलाई पत्राचार गर्दै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले गृह मन्त्रालयअन्तर्गत हुने निर्णयहरू कार्यान्वयन गर्न सर्कुलर जारी गरेको हो ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सीसीएमसीसीले सार्वजननिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनेगरी कुने पनि कार्यक्रम गर्न नदिन गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

सार्वजनिक स्थलमा प्रवेशका लागि कोभिड खोप लगाएको प्रमाणलाई अनिवार्य गर्न पनि सीसीएमसीसीले सिफारिस गरेको छ । होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्रा सबैमा खोप लगाएको प्रमाण अनिवार्य गरिएको छ ।