देशैभर वर्षा हुने, यस्तो छ आजको मौसम - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

देशैभर वर्षा हुने, यस्तो छ आजको मौसम



काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव भएकाले देशैभर भारी वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले सातै प्रदेशमा वर्षा र हिमपात पर्ने जनाएको छ ।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा/हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशााखाले जनाएको छ ।