देशभर बाढी र पहिरोको बितण्डा : ६ जनाको मृत्यु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

देशभर बाढी र पहिरोको बितण्डा : ६ जनाको मृत्यु



काठमाडौँ —अविरल वर्षाका कारण देशभर त्रास बढेको छ भने कैयौं स्थानमा बाढी र पहिरोले बितण्डा मच्चाएको छ ।

गृह मन्त्रालयका अनुसार लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ । मन्त्रालयले देशैभरीबाट शुक्रबार मध्यान्हसम्म संकलन गरेको तथ्यांक अनुसार ४ जिल्लामा ६ जनाको मृत्यु भएको हो । झरीपछि आएको पहिरोमा परी रामेछापमा एक जनाको मृत्यु भएको छ ।

यस्तै झरीकै कारण काभ्रेमा २, ललितपुरमा एक र सिन्धुलीमा एक जनाको मृत्यु भएको छ। त्यस्तै खोटाङमा भने ३ जना बेपत्ता भएका छन्।

त्यस्तै बाढीका कारण मोरङ र सुनसरीमा एक/एक गरी दुई जना बेपत्ता भएका छन् भने पर्सामा बाढीले बगाएर एकको मृत्यु भएको छ। त्यस्तै मोरङमा बाढीका कारण चार घर डुबानमा परेका छन् भने एक हजार घर प्रभावित बनेका छन्। रौतहटको लालबकैया नदीमा पानीको प्रवाह बढेका कारण उक्त क्षेत्र जोखिमपूर्ण बनेको छ। फाइल तस्बिर