देशभर बर्षा, हावाहुरी, चट्याङ र चक्रवातको सङ्केत - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

देशभर बर्षा, हावाहुरी, चट्याङ र चक्रवातको सङ्केत



काठमाडौं। भारतको बंगाल खाडीमा आउने समुन्द्री आँधी (चक्रवात)ले नेपालको मौषममा असर गर्ने देखिएको मौसम बिभागले जनाएको छ। फानी नाम दिईएको चक्रवातको असर नेपालमा पर्न सक्ने मौसम बिभागले जनाएको छ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बङ्गलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ ।

केही समयदेखि पश्चिमी बायुको प्रभावले गर्दा देशभरी बर्षा, हावाहुरी, चट्याङ परिरहेको समयमा फानी चक्रवात पनि जोडिएकोले शुक्रवार दिउँसो देखि नेपालको पुर्वी र मध्य नेपालमा हावाहुरी, चट्या, र बर्षाको संभावना रहेको छ।

पश्चिमी बायुका कारणले देशैभरी बर्षा हुने अनुमान गरिएको छ। पुर्वी र मध्य भागमा फानीको असर र बाँकी भागमा पश्चिमी बायुको असरले शुक्रबार र शनिवार मौसम नखुल्ने अनुमान गरिएको छ।

चक्रवात र पश्चिमी बायुको असरले नेपालमा पनि हावाहुरी , चट्याङ पर्ने हुनाले सतर्क रहन मौसम बिभागले जनाएको छ।

गत महिना मात्र बारामा हावाहुरीले नराम्रो क्षती पुर्-याएको थियो। २९ जनाको ज्यान लिएको उक्त आँधी पछि जनमानसमा त्रास रहेको छ।

के हो फानी?

सामुद्रिक आँधी २ सय किलोमिटर प्रति घण्टाको गतिमा आउन लागेको अनुमान मौसमविद्हरुले गरेका सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले एएफपी समाचार समितिलाई उडिसा राज्यको कम्तीमा १३ ओटा जिल्लाका ७ लाख ८० हजार व्यक्तिलाई आँधीले प्रभाव पार्न सक्ने इलाकाबाट सारिएको बताएका छन् ।

‘फानी’ नामक यस सामुद्रिक आँधीका कारण शुक्रबार अपराह्नमा हिन्दुहरुको तीर्थस्थल पुरीनजिकै भूस्खलन हुने पनि अनुमान गरिएको छ ।

हाल बङ्गालको खाडीबाट यस समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको ओडिसा राज्यतिर बढिरहेको बताइएको छ । फानीले शुक्रवार बिहान जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ । त्यो ओडिसाको तट हुँदै बङ्गलादेशतर्फ लाग्ने बताइएको छ ।