मोदीको अगाडी लालबाबुले गरे देशकै बेइज्जत ! - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

मोदीको अगाडी लालबाबुले गरे देशकै बेइज्जत !



प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारत सरकारबाट आर्थिक सामाजिक सांस्कृतिक सहयोगको अपेक्षा गरेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै राउतले भारत सरकारबाट प्रदेश २ ले सहयोगको आशा गरेको बताए ।

उनले मोदीले तेस्रो पटकको नेपाल भ्रमण जनकपुरबाट प्रारम्भ गरी सद्भाव प्रकट गरेको भन्दै आभार व्यक्त गरे । साथै मुख्यमन्त्री राउतले मोदीका अगाडि धेरैजसो मधेसी जनता गरिब रहेकाले प्रदेश २ ले विकासका लागि भारतको आह गरेका बताएका थिए ।

उनले मोदीका अगाडि संविधानको बारेमा पनि विवादस्पद अभिव्यक्ति दिए । उनले संविधानलाई ‘विभेदकारी’ भन्दै संविधान र प्रादेशिक अधिकारका लागि संघर्ष जारी रहेको बताए ।