राज्य व्यवस्था समितिको निर्णय विरूद्ध प्रदर्शन - Himal Post Himal Post
  • १५ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 31 2024
Logo

राज्य व्यवस्था समितिको निर्णय विरूद्ध प्रदर्शन



काठमाडौँ –

राज्य व्यवस्था समितिले लोकसेवा आयोगको विज्ञापन रोक्न दिएको निर्देशनको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

विद्यार्थीहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन थालेका हुन् । लोकसेवाको विज्ञापन रोकेर करारमा कर्मचारी भर्ना गर्न नपाइने उनीहरूले बताएका छन् ।

लोकसेवाले जेठ १५ मा स्थानीय तहमा ९ हजार बढी कर्मचारी माग गर्दै विज्ञापन निकालेको थियो । संसदको राज्य व्यवस्था समितिले सो विज्ञापन समावेसी नभएको भन्दै रद्द गर्न निर्देशन दिएको थियो।