दिल्लीमा दर्जनौँ मोबाइल चोरीको आरोपमा ६ नेपाली पक्राउ

काठमाडौं- भारतको राजधानी दिल्लीमा ३३ थान मोबाइल फोन चोरेको आरोपमा ६ जना नेपाली नागरिक पक्राउ परेका छन्।
दिल्लीको कारोल बागमा गत वर्षको डिसेम्बर महिनामा एक मोबाइल पसल फुटाएर अज्ञात समूहले मोबाइलहरु चोरी गरेका थिए।
डिसेम्बर १९ मा मोबाइल पसलका मालिकले प्रहरीलाई आफ्नो पसलमा चोरी भएको खबर गरेका थिए।
समाचार संस्था पीटीआइका अनुसार प्रहरीले अनुसन्धनका क्रममा सोही क्षेत्रमा राति सुरक्षा गार्डको रुपमा काम गर्ने एक नेपालीसँग पनि अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा ती सुरक्षा गार्डकै सल्लाहमा पसलमा चोरी भएको तथ्य पत्ता लागेको थियो।
प्रहरीले अनुसन्धानका क्रममा सीसीटीभी फुटेजको पनि सहायता लिएको थियो।
दिल्लीका प्रहरीले उनीहरुलाई हालै पक्राउ गरेको हो।
पीटीआइका अनुसार पक्राउ परेका नेपालीहरु खड्क राज जोशी, अशोक क्षेत्री, गंगा राम, पर्वत लाहुर, पवन साउद र नितेश शर्मा रहेका छन्।

