दिल्लीमा भोलि स्वाभिमानको तीज ,बाबा रामदेव आउने - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

दिल्लीमा भोलि स्वाभिमानको तीज ,बाबा रामदेव आउने



हरेक वर्ष जस्तै यो वर्ष पनि भारतमा रहेको सामाजिक सस्था हाम्रो स्वाभिमानले हरितालिका तीज महोत्सब २०७३ गर्ने भएको छ  ।हिन्दु नारीहरुको महान चाडका रुपमा मनाईने तीज विशेष महिलाहरुले मनाउने गर्दछन  ।

तीज महोत्सव मनाउनकै निम्ति दिन रात नभनी हाम्रो स्वाभिमानका पदाधिकारी लागि परेको प्रवास जस्तो ठाउमा पनि मेट्रो लाइन होस या अन्य ठाउ जहा उपयुक्त छ होडिंग बोर्ड राखेको देख्न सकिन्छ  ।14222242_1994580330768414_7967802755151715871_n

सेप्टेम्बर ४ तारीख आइतबार नेपाल तथा भारतका ख्यातिप्राप्त गायक गायिका र निर्त्य कलाकारहरु  शोभा त्रिपाठी ,रेवन्ती राइ , निकिता सिन्तुरी, केदार खबास , विक्रम खत्री , सन्दीप न्यौपाने  को बेजोड प्रस्तुति हुन गइरहेको  बताएका छन्  । आइतबार हुन गैरहेको तिज महोत्सव का प्रमुख अतिथी भारतिय योगगुरु बाबा रामदेव विशिष्ट अतिथि सिक्किम का मुख्यमन्त्री पवन चाम्लिङ हुनेछ्न भने अतिथिहरु नेपाली दूतावास दिल्ली का कार्यवाहक राजदुत कृष्ण प्रसाद ढ्काल , प्रमुख कार्यपाल गोर्खाल्यान्ड क्षेत्रिय प्रसाशन का विमल गुरुङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि हुनेछन ।कार्यक्रम दिल्लीको नेहेरु स्टेडियममा निसुल्क हुने छ ।