दिल्लीमा पनि मानाईयो सोनाम ल्होसार (फोटो फिचर) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

दिल्लीमा पनि मानाईयो सोनाम ल्होसार (फोटो फिचर)



नयाँ दिल्ली/हिमाल पोस्ट 

तामाङ समुदायले मङ्गलवार २८५५  औँ सोनाम ल्होसार अर्थात् नयाँ वर्ष विविध कार्यक्रम गरी मनाइएको छ । देशविदेशमा छरिएर रहेका तामाङ समुदायले यो पर्व हर्षोल्लासका साथ मनाउने गरेका छन् । यसै अवसरमा दिल्लीमा रहेको तामाङ समुदायले पनि भव्य सांस्कृतिक कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाएको छ  ।

योल्मो पाँच पोखरी तामाङ संस्थाको आयोजनामा दिल्लीको आरके पुरम सेक्टर ६  मा कार्यक्रम गरिएको थियो । संस्थाका अध्यक्ष लाम थेपा लामा वाईवाले अध्यक्षता गरेको कार्यक्रममा आर के पुरमकी विधायक प्रमीला टोकस प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो भने दिल्लीका विभिन्न नेपाली सङ्घ-सङ्गठनका प्रतिनिधि अतिथिका रूपमा उपस्थित रहनु भएको थियो ।

समारोहमा आयोजकले सोनाम ल्होसारको महत्त्वको बारेमा प्रकाश पारेको थियो। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारलाई नयाँ वर्षका रूपमा मनाइने गरिएको पाइन्छ । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी ल्होसारलाई १२  वर्षमा विभाजन गरी मनाइन्छ ।  यो पालि  कुकुर वर्ष पूरा गरी सुँगुर वर्षमा प्रवेश भएको जनाइएको छ । समारोहमा स्थानीय कलाकारहरूले बेजोड प्रस्तुति दिएका थिए। कार्यक्रमको सञ्चालन भने दीपक जिसी र सोनिया तामांगले  संयुक्त रुपमा गर्नु भएको थियो। योल्मो पाँच पोखरी तामाङ संस्थाले दिल्लीमा हरेक वर्ष सोनाम ल्होसार मनाउँदै आएको छ ।

सोहि अवसरमा दिल्लीमा रहेको द बिग चिल क्याफेका मालिक असिम ग्रोभर र फौजिया अल्फाद्वारा त्यहा काम गर्ने भूकम्प पिडित नेपालीहरुलाई तिन लाख बिस  हजार नेपाली रुपयाँ  प्रति ब्याक्ति प्रदान गरेको सस्थाका अध्यक्ष लाम थेपा लामा वाईवा र मिडिया कोअडिनेटर गोपाल भारद्वाजले हिमाल पोस्टलाई जनाकारी दिनु भएको थियो ।

कार्यक्रममा हेल्प फर नेपाल संघले स्वयम् सेवकको  भूमिका निर्वाह गरेको थियो ।उक्त सस्थाले  दिल्लीमा हुने   विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको छ ।

फोटो :गोपाल भारद्वाज