दिल्ली-बुटवल चल्ने बसको अबैध धन्दा ,भन्सार छली समान ओसार पसार - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

दिल्ली-बुटवल चल्ने बसको अबैध धन्दा ,भन्सार छली समान ओसार पसार



बुटवल : बुटवल दिल्ली चल्ने अधिकतम बसहरु पछिल्लो समय तस्करीको रुपमा प्रयोग भएको पाईएको छ । यद्यपी यात्रुहरुलाई सहज दिनको लागि चलाईएका यी बसहरुमा दिनहु जसो भन्सार छली गरि समान ओसार पसार गरेको पाईएको हो । यस्तै दिल्लीबाट भन्सार छली गरेर ल्याउदै गरेको ठूलो परिणाममा कपडा प्रहरीले शुक्रबार बरामद गरेको छ ।

बुटवल–दिल्ली चल्ने लु १ ख ६६४९ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा सिटमुनी लुकाएर ६ लाख ५० हजार २५० रुपैयाँ बराबरको सामान बरामद गरिएको डीएसपी गोविन्द बहादुर खातीले जानकारी दिए ।

दिल्लीबाट बुटवल आइरहेको बसमा विभिन्न अवैध सामान रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले बिहीबार भैरहवाबाट बसलाई नियन्त्रणमा लिएको थियो । बसका विभिन्न भाग खोलेर हेर्दा लुकाएर राखेको अवस्थामा ती सामान भेटिएका खातीले बताए । बस र सामानबारे थप अनुसन्धान गर्न भंसार कार्यलय पठाइने प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले ४९२ पिस टप्स, ३४३ पिस लेडिज सुट, २०४ पिस टप्स ट्राउजर सेट, ७० पिस चुन्नी, ५८ पिस लेङ्गा, ३७ पिस ट्राउजर, ३६ पिस साडी, २४ पिस ब्रा, २० पिस पार्टी ब्लाउज र ९ पिस ब्रा–पेन्टी सेट कपडा बरामद गरेको छ । सशस्त्रले बस चालक, सह–चालकसहित पक्राउ परेको कपडा र बसलाई भैरहवा भन्सार कार्यालय बुझाएको छ ।

पछिल्लो समय बेलहिया नाका हुँदै आउ-जाउ गर्ने यात्रुबाहक बसले नेपाल फर्कँदा बसभित्र ठाउँ-ठाउँमा फल्स बटम गराई कपडा लगायत सामान तस्करी गर्ने गरेका छन् ।