क्लब डेजाभुका सञ्चालक पक्राउ - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

क्लब डेजाभुका सञ्चालक पक्राउ



काठमाडौं- दरमार्गमा रहेको चर्चित क्लब, क्लब डेजाभुका सञ्चालक पक्राउ परेका छन् ।

क्लवका संचालक मनोज श्रेष्ठलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ।

उनीविरुद्ध ०७५ माघ १५ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोलबाट ‘डिफ्युजन नोटिस’ जारी भएको थियो।

उनीविरुद्ध विश्वराम श्रेष्ठले २ करोड रुपैयाँ ठगि गरेको भन्दै बैंकिङ कसुरमा १३ पुस २०७५ मा जाहेरी दिएका थिए। शेयर बिक्रि गरेको र अन्य कामको लागि भन्दै लिएको २ करोड रुपैयाँ ठगि गरेको र उक्त रकमको २ चेक बाउन्स भएको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोलबाट ‘डिफ्युजन नोटिस’ जारी भएको थियो। यहि नोटिसको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।