दीपिका सुपरहिरो फिल्ममा ! - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

दीपिका सुपरहिरो फिल्ममा !



चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोणले ‘पद्मावत’ पछि नयाँ फिल्म साइन गरेकी छैनन् । रणवीर सिंहसँग विवाह हुन लागेका कारण तत्काल उनी कुनै पनि फिल्म साइन गर्ने मूडमा नभएको अफवहा छ ।

तर, हालैमा उनले नयाँ फिल्म साइन गरेको भारतीय मिडियाले खबर लेखेका छन् । उक्त फिल्ममा उनी ‘वन्डर वुमन’ को भूमिकामा देखिनेछन् । यो बलिउडको पहिलो फिमेल सुपरहिरो फिल्म हुनेछ र बजेट बलिउडको अहिलेसम्म कै सबैभन्दा बढी हुनेछ ।

अंग्रेजी पत्रिका मुम्बई मिररमा प्रकाशित एक खबरका अनुसार, यो फिल्मका लागि दीपिकाले मार्शल आर्ट्सको तालिम लिनेछिन् । रिपोर्टका अनुसार, फिल्ममा उनको क्यारेक्टर हलिउड फिल्म ‘वन्डर वुमन’ बाट प्रेरित छ । फिल्मको बजेट ३ सय करोड बताइएको छ ।

दीपिका पद्मावतपछि विशाल भारद्वाजसँग नयाँ फिल्म ‘सपना दीदी’ को छायांकनमा विजी हुँदैछिन् तर अचानक इरफान खानको स्वास्थ्य अवस्था ठिक नभएपछि यो फिल्मको छायांकन सुरु हुन सकेको छैन । यसका कारण दीपिकाले कुनै पनि नयाँ फिल्म साइन गरेकी थिइनन् र अब उनी सुपर वुमन फिल्मको हिस्सा बन्दैछिन् । एजेन्सी, मुम्बई