दिपकराज गिरीलाई पनि पार्टी प्रवेश गर्न मन लागेपछी… - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

दिपकराज गिरीलाई पनि पार्टी प्रवेश गर्न मन लागेपछी…



कलाकार दीपकराज गिरिले चुनावको मुखमा कलाकारहरु पार्टीमा प्रवेश गर्ने क्रम सुरु भएको भन्दै व्यङ्ग्य कसेका छन् ।

उनले आफूलाई पनि पार्टीमा जान मन भएको तर ती पार्टीमा प्रवेश गर्नेहरुले कहिले पो पार्टी दिने हुन् कुन्नि भन्दै व्यङ्ग्य कसेका हुन् ।

पार्टी प्रवेशका नाममा कलाकारहरुको चमकधमक देखिएको भन्दै कटाक्ष गरेका हुन् ।

‘चुनाब आयो ! हाम्रा कलाकार साथीहरू विस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरेँ ! तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि ?’, उनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य कसेका छन् । मंगलबार मात्रै अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गरेकी थिइन् ।