‘प्रेम गीत–३’ले कर छुट मागेपछि दीपकराज गिरीले भने- माग्न मिल्ने जति मात्रै मागौँ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

‘प्रेम गीत–३’ले कर छुट मागेपछि दीपकराज गिरीले भने- माग्न मिल्ने जति मात्रै मागौँ



काठमाडौं- हास्य कलाकार दीपकराज गिरीले ‘प्रेम गीत–३’ समूहलाई मिल्ने जति अधिकार मात्रै माग्न आग्रह गरेका छन् । ‘प्रेम गीत–३’को पोस्टर पोष्ट गर्दै उनले अधिकार माग्नेले पनि मिल्ने जति मात्रै माग्न सुझाव दिएका हुन् ।

‘प्रेम गीत–३’का निर्देशक तथा निर्माता र मुख्य कलाकारले आफ्नो चलचित्रको हिन्दी भर्सनलाई पनि नेपाली चलचित्र सरहको व्यवाहार गर्न आग्रह गर्दै कर छुट दिन विकास बोर्डलाई आग्रह गरेपछि दीपकले यस्तो सुझाव दिएका हुन् ।

“ प्रेम गीत–३ चलचित्रले नेपाली बजारलाई बिस्तारित गरेको छ । यसका लागि सम्पूर्ण टिम बधाईको पात्र छ । एउटै कुरा हो अधिकार माग्नेले पनि मिल्ने सम्म मागौँ,” दीपक सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “दिनेले पनि मिलेसम्म सहयोग गरौँ ।”

हिन्दी चलचित्र नेपालमा रिलिज हुँदा प्रदर्शनबाट उठेको १५ प्रतिशत रकम विकास शुल्क स्वरुप तिर्नु पर्छ । उक्त कर आफूले छुट पाउनु पर्ने ‘प्रेम गीत–३’ले माग गरेको छ ।