देवदह जेसिजमा सम्मान तथा स्वागत कार्यक्रम - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

देवदह जेसिजमा सम्मान तथा स्वागत कार्यक्रम



हिमाल पोस्ट / बुटवल, २५ कात्तिक ।
देवदह जेसिज रुपन्देहीले सम्मान तथा स्वागत कार्यक्रम गरेको छ ।
देवदह जेसिजले नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष पदम विक्रम सिंहको स्वागत तथा सम्मानमा खैरेनीमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै जेसिजका राष्ट्रिय उपाध्यक्ष सिंहले जेसिजमा लागेका युवाहरुको नेतृत्व विकाससँगै जीवन उपयोगि सीपको विकास भएको उल्लेख गर्दै वर्तमान समयमा युवाहरुको नेतृत्व विकास पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
युवाहरुले सहि बाटो नपाएका कारण कुलत तथा दुब्यसनीमा फसेको भन्दै उपाध्यक्ष सिंहले युवाहरुलाई सहिबाटोमा ल्याउनका लागि नेतृत्व विकास र जीवन उपयोगि सीपलाई जोड दिनुपर्ने बताउनुभयो ।
देवदह जेसिजका अध्यक्ष विजय गुरुङ्गको अध्यक्षता तथा महासचिव विष्णु न्यौपानेको संचालनमा भएको कार्यक्रममा जेसिजका सल्लाहकार किशन तिवारी, सुरेन्द्र अधिकारी, प्रेस सल्लाहकार झविन्द्र देवकोटा, पत्रकार कमला अर्याल, सोवित रिमाल लगायतले युवाहरुलाई आत्मनिर्भर बनाउनका लागि सशक्त अभियानको सुरुवात गर्नु पर्ने आवश्यक रहेको बताउनुभयो । सोही कार्यक्रमको अवसर पारी जेसिजका सदस्यहरुका लागि बनाइएको टिसर्ट वितरणको शुभारम्भ कार्यक्रम समेत गरिएको थियो ।