आइपिएल: १०.३ ओभरमै दिल्लीले जित्यो खेल - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

आइपिएल: १०.३ ओभरमै दिल्लीले जित्यो खेल



काठमाडौं । आईपीएलअन्तर्गत आज राति सकिएको खेलमा पञ्जावविरुद्ध दिल्ली क्यापिटलले शानदार जित निकालेको छ।

पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा १० विकेट गुमाएर मात्र ११५ रन बनाएको थियो। सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको दिल्लीले मात्र १ विकेटको क्षतिमा १०.३ ओभरमै लक्ष्य भेट्टायो।

९ विकेटको जित दिलाउन दिल्लीका लागि डेभिड वार्नरले ३० बलमा ६० रन हिर्काए भने ओपनर पृथ्वी सले २० बलमा ४१ रन बनाएर आउट भए। त्यस्तै सर्फराज खानले १३ बलमा १२ रन बनाए।

दिल्लीका चार बलरले समान २/२ विकेट लिए। दिल्लीका अक्षर पटेलले ४ ओभर खेल्दै मात्र १० रन दिएर २ विकेट लिन सफल भए।

खेल शुरु हुनुअघि दिल्लीका विकेटकिपर ब्याट्सम्यान टिम शिफर्टमा कोरोना पोजेटिभ देखियो। उनको कोरोना पोजेटिभ रहेको रिपोर्ट खेल खेल्नु साढे ३ घण्टा अगाडि आएको थियो।

यसअघि दिल्लीका अलराउन्डर मिचेल मार्स पोजेटिभ देखिएपछि चिकित्सकको निगरानीमा छन्।

दिल्ली टिममा संक्रमितको संख्या ६ पुगेको छ। दुई खेलाडीबाहेक बाँकी सपोर्ट स्टाफ हुन्। तर पनि दिल्लीले उत्कृष्ट खेल देखाउँदै शानदार जित दर्ता गरायो।