दशैं नेपालीको, चहलपहल भारतमा - Himal Post Himal Post
  • २३ आश्विन २०८१, बुधबार
  •      Wed Oct 9 2024
Logo

दशैं नेपालीको, चहलपहल भारतमा



१६ असोज, काठमाडौं । दशैं नेपालीको महान चाड हो । तर यसको रौनक र चहलपहल भने सीमापारि भारततिर बढी हुन थालेको छ ।

उपभोक्तहरु बडादशैंको किनमेलका लागि विराटनगवरभन्दा सँगै जोडिएको सीमावर्ती भारतीय बजार जोगबनीमा पूर्वी नेपालका नेपाली उपभोक्ता पुग्ने क्रम बढेको छ ।

जोगबनीमा भेटिएकी दुहबीकी अनिता घिमिरेले भनिन्,’नेपालमा भन्दा सस्तो र राम्रो सामान पाइने भएकाले म यतै किनमेल गर्न आउँछु ।’

जोगबनी बजार खास गरेर झापा, मोरङ, सुनसरी र सप्तरीका विभिन्न क्षेत्रका बासिन्दाको आकर्षणको केन्द्र रहेको आजकोअन्नपूर्णमा समाचार छ ।

कोसीपहाडका विभिन्न क्षेत्रका मानि पनि त्यहाँ पुग्ने गर्छन् । जोगबनी बजारमा चहलपहल बढिरहँदा बिराटनगरेको बजारमा भने दसैंको खासै रौनक देखिँदैन ।

मोरङ व्यापार संघका अनुसार आधाभन्दा धेरै बजारका पसलमा अहिले पनि ग्राहकको कमी देखिने गरेको बताए ।

उपभोक्ताले पारिगएर किनमेल गर्ने प्रवृत्तिका कारण विराटनगर बजारको व्यापार निरन्तर खस्कँदै गएको उनले बताए ।