दसैँका लागि १२ गतेदेखि गाडीहरूलाई रुट परमिट नचाहिने - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

दसैँका लागि १२ गतेदेखि गाडीहरूलाई रुट परमिट नचाहिने



काठमाडौं- दसैंमा घरजाने यात्रुलाई सहज असोज १२ गतेदेखि सार्वजनिक यातायात संचालन गर्न रुट परमिट नचाहिने ब्यबस्था गरिएको छ ।

१२ गतेदेखि १९ गतेसम्म रुट परमिट खुल्ला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । साथै यस समयमा सवारी छाप धेरै हुने भएकोले ठुला मालवाहक गाडीहरू भने चितवनबाट काठमाडौं आउन पाउने छैनन् ।

हाललाई ७ दिनको लागिमात्र रुट परमिट खोलिएको र आवश्यक परेमा यसको अवधि बढाउन सकिने बताइएको छ ।