१५ घण्टादेखि सडकमै शव - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

१५ घण्टादेखि सडकमै शव



विशाल पाण्डेय / सुखड,कैलाली
आइतबार साझ घोडाघोडी नगरपालिका- १० पहलमानपुरमा बस र मोटरसाईकल ठोक्किदा ज्यान गुमाएका राम बहादुर चौधरीको शव सडकमै रहेको छ ।

कञ्चनपुरको दोधारा चाँदनीबाट पिकनीक खायर नेपालगञ्ज तर्फ जादै गरेको भे १ ख १७३२ नंम्वरको बसले घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प ६३७६ नंम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक घोडाघोडी -१० का ४० बर्षिय राम बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएपछी घटनाको बिरोधमा १५ घण्टा देखि शव सडकमै रहेको छ ।

अर्का गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँका ४२ बर्षिय मान बहादुर चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको थियो ।

घटनाको विरोधमा आइतबार करिब ४ घण्टा पुर्व पश्चिम् राजमार्ग अवरुद्ध रहेको थियो । आइतबार साझ लामो तथा छोटो दुरिका यात्रुहरु अलपत्र परेपछि सोमबार बार्ता बस्ने भन्दै सडक मै शव राखेर यातायात सुचारु गरिएपनी सोमबार बिहान ८ बजे पछि फेरि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

घटना बारे स्थानीय जनप्रतिनिधि ,यातायात समितिका पदाधिकारी ,प्रहरी तथा मृतकको आफन्तहरु बिच अहिले बार्ता भइरहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए ।

बस चालक बाँकेका ३२ वर्षीय डिल्ली बहादुर योगी ईलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेका छन् ।