दार्चुलामा जीप दुर्घटना : मृतक ११ जना मध्ये ९ जनाको सनाखत - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

दार्चुलामा जीप दुर्घटना : मृतक ११ जना मध्ये ९ जनाको सनाखत



कैलाली । गएराती दार्चुलाको राताकाठा भिरमा दुर्घटनामा परि मृत्यु भएका ११ जना मध्ये ९ जनाको सनाखत भएको छ । दार्चुला सदरमुकाम खलंगा बजार बाट दुहुँ गाउँपालिकाको हिकिला तर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा दुर्घटना हुदा ११ जनाको मृत्यु भएको थियो । ती मध्ये ९ को सनाखत भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार, दोगडा गाउँपालिका–२, वैतडीका पदम बहादुर चन्द र सोही स्थानका स्नेह बहादुर चन्दको मृत्यु भएको भएको खुलेको छ । त्यस्तै, कल्याण सिंह बडाल, निर्मला बडाल र पसली देवी धामीको पनि दुर्घटनामा परी ज्यान गएको छ । उनीहरु तीनै जना दुहु–२, हिकिलाका हुन् । प्रहरीका अनुसार दुहु १ का धन बहादुर बम, गोमती देवी बम, धाना देवी बम र दुहु– ४ की आशा बमको पनि निधन भएको छ । दुर्घटनामा ज्यान गुमाएका २ जनाको भने अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।