दार्चुलामा जिप दुर्घटना : मृतकको संख्या ११ पुग्यो, सनाखत हुन बाकी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दार्चुलामा जिप दुर्घटना : मृतकको संख्या ११ पुग्यो, सनाखत हुन बाकी



कैलाली । दार्चुलाको सदरमुकाम खलंगावाट हिकिला जादै गरेको यात्रुवाहक जिप गएराती राताकाठा भिरमामा दुर्घटना हुँदा ११ जनाको मृत्यू भएको छ ।

दुर्घटनामा जिवित रहेका चालक दिपक धामी गम्भिर घाइते भएका छन । गम्भिर घाइते चालक लाइ जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागी राती नै भारतको पिथौरागढ लगीएको प्रहरीले जनाएको छ ।

राती करिव सवा ८ वजे यात्रु वोकेर गएको म १ ज २८० नम्वरको जिप सडक वाट करिव २५० मिटर जति तल महाकाली नदीमा खसेर टुक्रा–टुुक्रा भएको भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रविन्द्र कठायतले जानकारी दिनुभयो ।

दुर्घटनामा ७ महिला ३ पुरुष र १ वालीकाको मृत्यू भएपनि सनाखत हुन सकेको छैन । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले राती करिव १२ वजे घटनास्थलवाट सवै शवहरु सदरमुकाममा रहेको जिल्ला अस्पताल पुर्‍याएका छन् । आफन्त आइनसकेका कारण अहिले सम्म मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । तस्वीर : सामाजिक संजाल