दार्चुला जिप दुर्घटना: मृत्यु हुने ९ जनाको सनाखत (नामावली सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दार्चुला जिप दुर्घटना: मृत्यु हुने ९ जनाको सनाखत (नामावली सहित)



काठमाण्डौ । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा हिजो भएको जिप दुर्घटनामा परी निधन भएकामध्ये ९ जनाको सनाखत भएको छ ।

दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार, दोगडा गाउँपालिका–२, वैतडीका पदमबहादुर चन्द र सोही स्थानका स्नेहबहादुर चन्दको मृत्यु भएको भएको खुलेको छ । त्यस्तै, कल्याण सिंह वडाल, निर्मला बडाल र पसलीदेवी धामीको पनि दुर्घटनामा परी ज्यान गएको छ । उनीहरु तीनै जना दुहु–२, हिकिलाका हुन् ।

त्यसैगरी दुहु १ का धनबहादुर बम, गोमतीदेवी बम, धानादेवी बम र दुहु– ४ की आशा बमको पनि निधन भएको छ । दुर्घटनामा ज्यान गुमाएका २ जनाको भने अझै सनाखत हुन सकेको छैन ।

मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । दुर्घटनामा जीप चालक दीपक सिंह धामी घाइते छन् । उनको अवस्था गम्भीर छ । उनलाई जिल्लामा उपचार हुन नसकेपछि भारतको पिथौरागढ रिफर गरिएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब तीन सय मिटर तल महाकाली नदी किनारमा खसेको थियो ।