दार्चुला दुहुँमा पनि कांग्रेस अगाडी, राप्रपा तेस्रो - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

दार्चुला दुहुँमा पनि कांग्रेस अगाडी, राप्रपा तेस्रो



दार्चुलाको दुहुँ गाउँपालिकाको मतगणना भैरहेको छ । २०० मतगणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ । मतपरिणाम अनुसार कांग्रेस र एमालेको टक्कर देखिएको छ ।

अध्यक्षका कांग्रेस उम्मेदवार पुलेन्द्रबहादुर कार्कीले १०० मत पाएका छन् भने एमालेका अध्यक्ष उम्मेदवार जंगबहादुर बमले नेकपा एमाले ९४ मत पाएका छन् । राप्रपाका उम्मेदवार आनसिंह महरले २४ मत पाएका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसले अग्रता बनाउँदा एमालेले पछ्याइरहेको छ । नेपाली काङ्ग्रेस १०१ ल्याउँदा नेकपा एमाले ९३ र राप्रपा २४ मत ल्याएको छ । यस्तै वडाध्यक्षमा नेपाली काङ्ग्रेसले १०० मत ल्याउँदा नेकपा एमालेले ९३ मत ल्याएको छ ।