दाङमा सिमा स्तम्भ पुर्ननिर्माण - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

दाङमा सिमा स्तम्भ पुर्ननिर्माण



दाङ। दाङको नेपाल भारत सिमा क्षेत्रमा नेपालको तर्फवाट १४ मुख्य र २१ सहायक स्तम्भ पुर्ननिर्माण गरेको छ । यस्तै भारत सरकारले ११ मुख्य र १३ सहायक सिमा स्तम्भ पुर्ननिर्माण गरेको नेपाल शसस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय अर्जुनखोलाले जानकारी दिएको छ ।

भारतले अझै ७ मुख्य र ५ सहायक सिमा स्तम्भ पुर्ननिर्माण गर्न वाँकी छ । नेपालले ४ मुख्य र १ सहायक सिमा स्तम्भ बनाउन बाँकी रहेको छ ।

भारतले विजोर र नेपालले जोर नम्वरको सिमा स्तम्भ पुर्न निर्माण गर्ने योजना अनुसार अहीले जिर्ण सिमा स्तम्भ पुर्ननिर्माण भैरहेको हो । अहीले सम्म ५९ वटा सीमा स्तम्भ पूर्ननिर्माण गरिएको छ । भारत सँग सिमा जोडिएको भुभागमा दुबै पक्षले सिमा स्तम्भहरु निर्माणको कार्यलाई जारी राखेका छन् ।

भारत सँग जोडिएको दाङको भुभाग ८३ किलो मिटरमा ७७ वटा सीमा स्तम्भहरु रहेका छन् । ७७ सिमा स्तम्भ मध्य ३७ मुख्य र ४० वटा सहायक रहेका छन् । ति मध्य अहिले सम्म नेपाल र भारतले ५९ वटा सिमा स्तम्भ नयाँ बनेका छन् ।

नेपाल र भारत सरकारको सहमति अनुसार नेपालले बिजोर र भारतले जोर संख्याका सिमा स्तम्भहरु बनाईरहेको सिमा सुरक्षा शसस्त्र प्रहरी बल अर्जुनखोलाका प्रमुख प्रहरी उपरिक्षक दिलिपकुमार शर्माले जानकारी दिए ।