दाङमा कर्मचारी घुस लिँदै गर्दा पक्राउ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

दाङमा कर्मचारी घुस लिँदै गर्दा पक्राउ



दाङ : दाङमा एक कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका छन् । सहायक वन अधिकृत २० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका हुन् ।

सव डिभिजन वन कार्यालय बेला देउखुरी दाङमा कार्यरत सहायक वन अधिकृत रामाज्ञाप्रसाद साहलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारले रङ्गेहात पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस लिँदै गर्दा लमही बजारको एक जुस पसलबाट सहायक वन अधिकृत साह पक्राउ परेका हन् । सामुदायिक वन दर्ता सिफारिस गरिदिए वापत घुस रकम लिने क्रममा पक्राउ परेको अख्तियार स्रोतले जनाएको छ । साहलाई अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरले नियन्त्रणमा राखेको छ ।