दाङमा पाँच दलिय गठबन्धनले पनि एमालेलाई हराउन सकेन - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

दाङमा पाँच दलिय गठबन्धनले पनि एमालेलाई हराउन सकेन



दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलाई परािजत गर्दै मेयर र उपमेयर दुवैमा एमालेले जित हात पारेको हो । मेयरमा एमालेका नरुलाल चौधरी दोस्रो कार्यकालका लागि विजयी भएका छन् ।

चौधरी ३१७२८ मतका साथ विजयी हुँदा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले २६३६८ मतपाएका छन् ।

यस्तै उपमेयरमा एमालेकी हुमा कुमारी डिसी ३०४०३ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले ३०३५४ मत पाएका छन् ।

डाँगी २०७४ मा मेयरमा पराजित भएका थिए । यो पटक उनी ४९ मतले पराजित भएका हुन् ।