दाङका सबै क्षेत्रमा गठबन्धन हाबी, एमालेलाई धक्का - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

दाङका सबै क्षेत्रमा गठबन्धन हाबी, एमालेलाई धक्का



तीन निर्वाचन क्षेत्र रहेको दाङका सबै क्षेत्रमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

प्रतिनिधिसभाको दाङ निर्वाचन क्षेत्र नम्बर १ मा ४६१५ मत गन्दा गठबन्धनबाट नेकपा एसका उम्मेदवार मेटमणि चौधरीले १७७६ मत ल्याएका छ्न् । एमालेकी शान्ता चौधरीले ११५१ मत ल्याएकी छ्न् ।

निर्वाचन क्षेत्र २ मा माओवादीकी रेखा शर्माले ५३९४ मत ल्याएकी छन् । नेकपा एमालेका शंकर पोखरेलले ४३६२ मत मत ल्याएका छ्न् ।

निर्वाचन क्षेत्र नम्बर ३ मा ६ हजार ६५८ मत गन्दा कांग्रेस दीपक गिरी २४३० मत ल्याएर अग्रस्थानमा छ्न् । नेकपा एमालेका कोमल वलीले २१४० मत ल्याएकी छन् ।

६ प्रदेश क्षेत्रमा पनि अधिकांश ठाउँमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।