दाङमा भिषण आगलागी : दुई घर जलेर नष्ट - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

दाङमा भिषण आगलागी : दुई घर जलेर नष्ट



दाङ– दाङमा आगलागि हुँदा दुई वटा घर जलेर नष्ट भएका छन्। गढवा–५ खज्रौटामा राजु यादवको दुई वटा घरमा आगलागि भएको स्थानीय किरण पौडेलले जानकारी दिए।

‘अचानक आगो लाग्यो। दुई वटा घर जलेर पूण रुपमा खरानी भयो’, पौडेलले भने,‘दमकल आउन ढिला भयो। स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छौँ’

आगो कसरी लाग्यो भन्ने बारेमा पूर्ण जानकारी आएको छैन। लमही नगरपालिकाको दमकललाई खबर गरिए पनि आईपुग्न ढिलाई भएको छ।

फाइल तस्बिर