डण्डा नदीलाई संरक्षण गर्नु सबैको दायित्व - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

डण्डा नदीलाई संरक्षण गर्नु सबैको दायित्व



भैरहवा । भैरहवामा रहेको डण्डा नदीलाई संरक्षण गर्नु सबैको दायित्व रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले डण्डा नदीलाई प्रदुषणमुक्त बनाइ पर्यटकीय सम्भावनाको रुपमा विकास गर्न सकिने धारणा राखेका छन ।

प्रतिमान–निमा मेमोरियल हेल्थ इन्ष्टिच्युट भैरहवा र नेपाल स्टडी सेन्टर द युनिभर्सिटी अन्तर्गत डिपार्टमेण्ट अफ इकोनोमिक्सले सञ्चालन गरेको डण्डा बचाऔं अभियान २०७४ कार्यक्रममा बोल्ने सहभागीहरुले सो कुरा बताएका हुन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले प्रतिमान–निमा मेमोरियल हेल्थ इन्ष्टिच्युट भैरहवाले गरेको डण्डा बचाउ अभियान प्रशंसनीय रहेको बताए । उनले सिद्धार्थनगर नगरपालिकाले डण्डा बचाउ अभियानमा साथ दिने बताउँदै उनले सबैको सहयोग लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले डण्डा नदीलाई सरसफाई गरी नगरपालिकाले बोटिङ संचालन गर्न बजेको व्यवस्था गरे बताउँदै अहिले त्यसको काम अगाडि बढ्न लागेको बताए ।

संस्थाका संरक्षक प्रोफेसर डा. आलोक बोहराले काठमाडौंको बाग्मती नदीको संरक्षण गर्ने अभियान सञ्चालन भए जस्तै भैरहवाको डण्डा नदी संरक्षण गर्न अमेरिकन विद्यार्थीहरुले अनुसन्धान सुरु गरिसकेको बताए । उनले भैरहवाको विकासको लागि केही गर्ने उद्धेश्यले नेपाल स्टडी सेन्टर द युनिभर्सिटी अन्तर्गत डिपार्टमेण्ट अफ इकोनोमिक्सका विद्यार्थीहरुको टोली डण्डा खोलाको सम्भाव्यता खोज्दै भैरहवा आएको जानकारी दिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष रामकुमार शर्माले नगरपालिकाले डण्डा नदीको सुन्दरीकरण, पार्किङ, बोटिङको व्यवस्था गरे यसको उज्जवल भविष्य रहेको बताए । कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत यमबहादुर कुँवर, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारसिंह गोदार, प्रतिमान–नीमा प्रतिष्ठानका सदस्य सचिव धर्मबहादुर केसी, सदस्य रमिता थापा र अनुसन्धानमा खटिएका सदस्यहरुको आतिथ्यता रहेको थियो ।